विद्युतीय स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने ल्युयानका स्कुटर तपाईंको लागि उपयुक्त हुन सक्छ। ल्युयानका मोडलहरू तुलनात्मक रूपमा सस्तो हुनुका साथै विशेषताहरूले भरिपूर्ण छन्।
ल्युयानका हरेक मोडल ‘भ्यालू फर मनी’ भएको कम्पनीको दाबी छ। नेपालको लागि ल्युयानको आधिकारिक वितरक जिरो इमिशन राइड नेपाल रहेको छ।
हाल कम्पनीले ल्युयानको तीन मोडल बिक्री गर्दैछ। यी हुन् ल्युयानका मोडल र तिनको विशेषताः
१. मोडेल एमएनके३ः
- १५०० वाटको ओइल कुल्ड हब मोटर दिइएको छ। यसमा जडान भएको ब्याट्री प्याक चिलवी ब्रान्डको हो। यसलाई चीनको नं १ ब्रान्डको रूपमा मानिन्छ। यसमा ७२ भोल्ट ३२ एएमपी को ब्याट्री प्याक दिइएको छ।
- एमएनके३ तीन ब्याट्री विकल्पमा उपलब्ध छ- जेल ब्याट्री, ग्राफिन ब्याट्री र लिथियम ब्याट्री
- एक पटकको पुरा चार्जमा यो स्कुटरले ७५ देखि ८५ किलोमिटरसम्मको माइलेज दिन्छ।
- स्कुटरको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ।
- यसमा १५५ एमएमको ग्राउन्ड क्लेरेन्स दिइएको छ। यो भनेको नेपाली भू-भागको लागि उपयुक्त छ।
- सुरक्षाको लागि स्कुटमा एन्टी थेफ्ट अर्लाम दिइएको छ। साथै, यसमा चार्जिङ पोर्ट पनि पाउन सकिन्छ।
- स्कुटर पूरा चार्ज हुन जम्मा ३ देखि ४ घटा लाग्छ।
- यसमा स्टाइलिस रिअर भ्यू ऐना र डिआरएल हेड लाइट पनि छ।
- नेपाली बजारमा एमएनके३ कालो, निलो, सेतो, ग्रे र रातो गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध छन्।
२. मोडेल एस३०ः
- स्कुटरमा १५०० वाटको ओइल कुल्ड हब मोटर जडित छ।
- एस३० मा ७२ भोल्ट ३२ एएमपी को लिथियम ब्याट्री प्याक दिइएको छ।
- स्कुटरमा एन्टी-पंचर टायर जडान गरिएको छ। यसको दुवै टायरमा डिस्क ब्रेक पाउन सकिन्छ।
- एक पटकको पूरा चार्जमा स्कुटरले ८० देखि १०० किलोमिटरको माइलेज दिन्छ।
- स्कुटरको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ।
- स्कुटरमा मोबाइल चार्जिङ पोर्ट, एन्टी थेफ्ट अर्लाम, रिमोट कन्ट्रोल, किलेस स्टार्ट र ७ इन्चको डिजिटल क्लस्टर पनि दिइएको छ।
३. मोडेल एफबिजी २ः
- यसमा ३०० वाटको ओइल कुल्ड हब मोटर जडान गरिएको छ।
- स्कुटरमा ४८ भोल्ट १२ एमपीको लिथियम ब्याट्री जडित छ।
- स्कुटरको टायर एन्टी-पंचर छन्। अर्थात् टायर पंचर हुँदैन। स्कुटरको दुवै टायरमा सेरामिक ड्रम ब्रेक दिइएको छ।
- एक पटकको पूरा चार्जमा स्कुटरले ४० देखि ५० किलोमिटरसम्मको रेन्ज दिन्छ।
- यसको टप स्पीड भने जम्मा २५ किलोमिटरको छ।
- स्कुटरमा एन्टी-थेफ्ट अर्लाम र चार्जिङ पोर्ट पनि दिइएको छ।
कम्पनीले एमएनके३ को बजार मूल्य एक लाख ७३ हजार सात सय रूपैयाँ तोकेको छ। त्यस्तै, एस३० को सुरुआती बजार मूल्य दुई लाख ५४ हजार सात सय रूपैयाँ तोकेको छ। ल्युयानको सबैभन्दा सस्तो मोडल एफबिजी २ हो, जसको बजार मूल्य भने जम्मा एक लाख १५ हजार रूपैयाँ तोकिएको छ।
जिरो इमिशन राइड नेपालले नेपाली बजारमा ल्युयानको नयाँ मोडल एमएचएच १२ पनि छिट्टै सार्वजनिक गर्दैछ। यो मोडलमा भने १८०० वाटको मोटर दिइएको छ भने एक पटकको पूरा चार्जमा ७० देखि ९० किलोमिटरसम्मको माइलेज दिने बताइएको छ।