देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गई अनलाइन आवेदन दिन सकिनेछ। त्यसपछि नकिकैको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी प्लेट जडान गर्न सकिन्छ।