विभिन्न विद्युतीय दुई पांग्रे ब्रान्डमध्ये विश्व बजारले याडिया निकै रुचाएको पाइन्छ। नेपालमा पनि याडियाको विभिन्न मोडल उपलब्ध छन्। बजारमा याडियाको माग राम्रो रहेको कम्पनीको भनाइ छ। नेपाली बजारको लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालि रहेको छ।
कम्पनीले हालै बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले २३९० वाट मोटर पावर र ७२भी३८एएच ब्याट्री रहेको याडिया टी-९ सार्वजनिक गरेको हो।
याडिया टी-९ जम्मा ६ देखि ८ घण्टामा पूरा चार्ज हुन्छ। एक पटकको पूरा चार्जमा स्कुटर १२० किलोमिटरसम्म गुड्छ। स्कुटरको टप स्पीड भने ४५ किलोमिटर प्रति घण्टाको छ।
स्कुटरमा डिस्क ब्रेक प्रविधि दिइएको छ भने १२ इन्चको टायर पाउन सकिन्छ। यसको लम्बाई जम्मा १८६० एमएम, चौढाई ७१५ एमएम र उचाई १०७० एमएम छ। स्कुटरमा पुरै एलसिडी डिजाइनको मिटर दिइएको छ।
यी बाहेक कम्पनीले याडिया टी-९ को पूर्ण विशेषता सार्वजनिक गर्न बाँकी नै छ।
नेपाली बजारमा याडिया टी-९ रातो, ग्रे र सिल्भर गरी तीन विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। कम्पनीले यो नयाँ मोडलको बजार मूल्य दुई लाख २० हजार रूपैयाँ तोकेको छ।