नेपाली बजारमा बजाजका मोटरसाइकलको माग राम्रो छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी हो। कम्पनीले बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ।
बजाजको पल्सर र डोमिनार बाइक विशेषत युवा पुस्तामाझ लोकप्रिय छ। यीबाहेक बजाजको विभिन्न मोडल हरेक वर्गले रुचाउने कम्पनीको भनाई छ।
पल्सर बाइकहरू २ लाख ४६ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९१ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना इएस हो जसको बजार मूल्य १ लाख ९२ हजार नौ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै यसको सबैभन्दा महँगो बाइक डोमिनार ४०० एबिएस हो जसको बजार मूल्य कम्पनीले ६ लाख ४४ हजार नौ सय रूपैयाँ तोकेको छ।
बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
क्र.म | मोडलको नाम | मूल्य |
१ | डिस्कभर १२५ डिस्क | २,२३,९०० |
२ | पल्सर १२५ डिस्क | २,४६,९०० |
३ | डिस्कभर १२५ ड्रम | २,००,९०० |
४ | एभेन्जर स्ट्रिट १६० एबिएस | ३,४७,९०० |
५ | डोमिनार २५० एबिएस | ५,६७,९०० |
६ | डिस्कभर १२५ एसटी | २,३०,९०० |
७ | पल्सर २२० एफ एबिएस | ३,९१,९०० |
८ | एभेन्जर क्रुज २२० | ३,९९,९०० |
९ | पल्सर एनएस १६० टिडी एबिएस | ३,२४,९०० |
१० | प्लाटिना इएस | १,९२,९०० |
११ | डोमिनार ४०० एबिएस | ६,४४,९०० |
१२ | पल्सर १५० एसडी | २,८२,९०० |
१३ | पल्सर एनएस १६० टिडी | २,९९,९०० |
१४ | पल्सर एनएस २०० | ३,२९,९०० |
१५ | पल्सर एनएस २०० एफआई विथ एबिएस | ३,९५,९०० |
१६ | पल्सर १५० टिभी | २,९९,९०० |
१७ | पल्सर एनएस १२४ बिएस ६ | २,७९,९०० |