नेपाली बजारमा भारतीय विद्युतीय स्कुटर उत्पादन कम्पनी इनिग्माको स्कुटर भित्रिने भएको छ। कम्पनीले अबको दुई महिनाभित्र नेपालमा इनिग्माको सात मोडल सार्वजनिक गर्ने बताएको हो।
कम्पनीका एक अधिकारीका अनुसार इनिग्मा इलेक्ट्रिकले क्रिंक प्रो, क्रिंक भी१, एन८, जिटी-४५० प्रो, जिटि-४५०, एम्बियर र एच-१ नेपालमा सार्वजनिक गर्ने भएको हो। हालै भृकुटीमण्डपमा आयोजित 'इभी एक्स्पो नेपाल २०२२' मा कम्पनीले आफ्नो उत्पादनहरू प्रदर्शन गरेको थियो।
कम्पनीले क्रिंक प्रोको नेपाली बजार मूल्य दुई लाख ६० हजार रूपैयाँ, क्रिंक भी१ को मूल्य दुई लाख ३० हजार रूपैयाँ, एन८ र जिटी४५० प्रोको मूल्य एक लाख ७० हजार रूपैयाँ, जिटी४५० को मूल्य एक लाख ५० हजार रूपैयाँ, एम्बियरको एक लाख २० हजार रूपैयाँ र एच१ को मूल्य दुई लाख २० हजार रूपैयाँ तोक्ने बताएको छ।
यी स्कुटरहरूमा जडित ब्याट्रीलाई पूरा चार्ज गर्न ४ देखि ५ घण्टा लाग्छ। यी स्कुटरमध्ये सबैभन्दा टप स्पीड धेरै क्रिंक प्रोको छ।
यो स्कुटर ८० किलोमिटर प्रति घण्टासम्मको रफ्तारमा गुड्न सक्छ। त्यस्तै एक पटकको पूरा चार्जमा १२० किलोमिटरसम्मको माइलेज दिन्छ।
माइलेजको हिसाबमा सबैभन्दा धेरै एन८ ले दिन्छ। यो स्कुटर एक पटक पूरा चार्जमा १६० किलोमिटरसम्मको माइलेज दिन्छ।
यसको टप स्पीड भने जम्मा ६५ किलोमिटर प्रति घण्टाको छ। क्रिंक भी१ र जिटी४५० प्रोले पनि सोही किलोमिटरको माइलेज दिन्छ। एच१ ले भने १३० किलोमिटर र एम्बियरले १५० किलोमिटरसम्मको माइलेज दिन्छ।
यी सबै स्कुटरमा सुरक्षाको लागि एन्टि थेफ्ट अर्लाम विशेषता दिइएको छ। त्यस्तै यिनमा एलइडी हेडलाइट र टेललाइट दिइएको छ। सबै मोडलमा ग्राहकले जिपिएस ट्र्याकिङ पाउन सक्छन्। यीबाहेक स्कुटरहरूमा युएसबी पोर्ट, रिभर्स मोड, किलेस इन्ट्रीलगायत विशेषताहरू पनि दिइएको छ।
इनिग्माको हरेक मोडलमा लिथियम ब्याट्री प्याक दिइएको छ भने यिनमा ३ वर्षको वारेन्टी दिने कम्पनीको भनाइ छ। कम्पनीका एक अधिकारीअनुसार यसले नेपाली बजारमा अबको दुई महिनाभित्र आफ्नो स्कुटर सार्वजनिक गर्नेछ।