नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले 'बी (भी) द चेञ्ज' अभियान क्याम्पेन अन्तर्गत पाँच दिने इभीको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ।
कम्पनीले मंसिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि उक्त क्याम्प आयोजना गर्न लागेको बताएको छ।
यो अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको भनाइ छ।
यो कार्यक्रम थापाथलीस्थित हुन्डाइको इभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ।
यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरूलाई विभिन्न सुझावहरू प्रदान गर्ने पनि बताएको छ।
देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाइले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै प्रयास गर्दै आएको समेत कम्पनीले जानकारी दिएको छ।