सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि 'इन्जिन क्येर क्याम्प' को आयोजना गरेको छ।
सिप्रदी टाटा मोर्टस्को नयाँ प्रविधियुक्त गाडीहरूलाई विशेष रुपमा चेक जाँच, मर्मत,सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरूलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्देश्यले उक्त क्याम्पको आयोजना गरेको कम्पनीले बताएको छ।
सोमबार टाटा मोर्टस् कस्टमर केयर सार्क रिजनहेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको शुभारम्भ गरेका हुन्।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि कम्पनीले तोकेका पार्टस्हरूमा ५० प्रतिशतसम्मको छुट, ल्युव्रिकेन्टमा २० प्रतिशत छुट, लेवर चार्जमा २५ प्रतिशत छुट, तथा चालकहरूका लागि नयाँ प्रविधिका गाडीहरूमा गर्नुपर्ने तथा गर्न नहुने कामहरूबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको बताइएको छ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरूमा पुस १५ गतेसम्म उक्त क्याम्प सञ्चालनमा रहने कम्पनीको भनाइ छ।