टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिगले अब नैकापबाट पनि “पेसेन्जर“ श्रेणीका गाडीहरूको सेवा (पिभी सर्भिस) सुरूवात गर्ने भएको छ।
पछिल्लो समय यस श्रेणीका उत्पादनहरूको बजार व्यापक रूपमा विस्तार भइरहेको कम्पनीले बताएको छ।
यही कुरालाई मध्यनजर गर्दै ग्राहकहरूलाई प्रभावकारी एवम् उत्कृष्ट ढंगले सेवा/सुविधा प्रदान गर्ने उद्देश्यले पिभी सर्भिस वर्कशप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको कम्पनीको भनाइ छ।
यस अन्तर्गत आइसी इन्जिन भएका इन्धनबाट सञ्चालन हुने गाडी मात्र नभई विद्युतीय (इभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ।
त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भइसकेको कम्पनीले बताएको छ।
टाटा ब्राण्डका इभीहरूको नेपालमा लोकप्रियता बढेसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरूमा यस गाडीको लागि आवश्यक पूर्वाधार विकास गरिरहेको कम्पनीले जनाएको छ।
सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरू बाट उच्चस्तरीय सेवा/सुविधा प्रदान गर्दै आइरहेको छ।