नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो नैकाप स्थित कार्यालयमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।
यही पुस १, २ र ३ गते, बिहान १० बजे देखि ५ बजे सम्म क्याम्प आयोजना हुने कम्पनीले जानकारी दिएको छ।
यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालबाहक गाडीहरू (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ। जुनसुकै ब्राण्डका अरू कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिनेछ।
बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौती भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत् ५० प्रतिशतको सहज फाइनान्स सुविधा छ। यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरूले एक निःशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन्।
ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना कमर्सियल गाडी लैजान सक्छन्। भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सकिने कम्पनीले बताएको छ।
ग्राहकले क्याम्पमा आफ्नो सवारीको उत्कृष्ट भ्यालुएसन पाउने कम्पनीको दाबी छ।