नेपालको लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह–आयोजनामा 'नेक्सन् इभी रेन्ज टेस्ट २०२२' प्रदर्शनात्मक कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सम्पन्न भएको हो।
नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो।
नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौं निवासी सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो हुन सफल भएका छन्।
त्यसैगरी, ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे।
कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्जभन्दा बढी निकाल्न सकेका थिए।
यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो।
प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ इन्चको सामसुङ स्मार्ट एलइडी टिभी जितेका छन्।
त्यसैगरी दोस्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसङ ओभन जितेका छन्।
तेस्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसङ भ्याकुमक्लिनर जितेका छन्।