टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ।
यी केन्द्रहरूमध्ये तीन वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।
त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटाैंडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन्।
यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवम् भुटान) अजीत नारायण सिंह, सिप्रदीका सिओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका हुन्।
यस तीन दिने क्याम्पमा टाटाका (पेसेन्जर) श्रेणीका गाडीहरूको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले बताएको छ।
यस्तो जाँच गराउदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरू प्राप्त गर्नेछन्।
म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पाट्र्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिदैछ।
यसको अतिरिक्त यस क्याम्पमा संजिवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ।
हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको बजार द्रुत गतिमा भइरहेको कम्पनीले बताएको छ।
यस्ता गाडीहरूको ग्राहकलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरेको कम्पनीको भनाइ छ।