टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आयोजना गरेको मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।
विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरूमा पुस १० गतेदेखि १२ गतेसम्म क्याम्प सञ्चालन भएको थियो।
यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको प्रभावकारी ढंगले जाँच एवम् मर्मतसम्भार गरिएको थियो भने एक हजार ५३३ व्यक्तिहरूको सहभागिता रहेको कम्पनीले बताएको छ।
यस्तो जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरू पनि पाएका कम्पनीले जनाएको छ।
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिएको थियो।
यसका साथै यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गत ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ।
कम्पनीको केन्द्रहरूमध्ये तीन वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।
त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौँडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन्।
'हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरू बजार द्रुत गतिमा भइरहेको छ। यस्ता गाडीका ग्राहकहरूलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको थियौं', सिप्रदी ट्रेडिङका कस्टुमर केयर प्रमुख कुमारी भण्डारीले भनिन्।
उक्त क्याम्पमा अपेक्षाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेकाले ग्राहकलाई भविष्यमा अझ उत्कृष्ट सेवा र सुविधा दिने प्रेरणा समेत मिलेको उनले बताइन्।