नेपाल प्रहरीले बुधबार न्यू प्रकाश अटो ट्रेडर्सका छापा सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौंको ढुङ्गेअड्डास्थित उक्त ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निजले लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टस् झिकाई बिक्री वितरण गर्दै आइरहेको जनगुनासो पाइएकाले सो ट्रेडरकम प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
अनुसन्धानको क्रममा रौनियारले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ।
रौनियार मात्र नभएर देशैभरी अन्य व्यक्तीहरू पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा रौनियारले बताए।
प्रहरीले अन्य संकास्पद स्थानहरूमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरूमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ।