लामो समयको प्रतिक्षापछि जनवरी १६ (भोलि) मा भारतीय बजारमा रोयल इनफिल्डको नयाँ सुपर मिटियोर ६५० सार्वजनिक हुँदैछ।
कम्पनीले यो बाइक सन् २०२२ को नोभेम्बरमै विश्व बजारको लागि सार्वजनिक गरेको थियो। सोही समय भारतमा आयोजित राइडर मानिया कार्यक्रममा रोयल इनफिल्ड सुपर मिटियोर ६५० प्रदर्शनीमा राखेको थियो।
भोलिदेखि भने यो बाइकको बिक्री सुरू हुने भएको हो। कम्पनीले बाइकको मूल्य हालसम्म तोकेको छैन। तर यसको बजार मूल्य भारु ३ लाख ५० हजार हुने अनुमान छ।
बिएस-६ मापदण्डमा आधारित रोयल इनफिल्ड सुपर मिटियोर ६५० मा ६४८ सिसी प्याररलल ट्विन, एयर एन्ड ओइल कुल्ड मोटर इन्जिन जडित छ। जसले ४७ बिचएपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियरबक्स दिइएको छ।
कम्पनीका अनुसार सोही मोटर कम्पनीले इन्सेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० मा पनि जडान गरेको छ।
नयाँ सुपर मिटियोर ६५० मा डुअल च्यानल एबिएस प्रणाली छ भने ट्विन पड इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। बाइकको कुल तौल जम्मा २४१ केजीको छ। यसमा १५.७ लिटरको इन्धन ट्यांक दिइएको छ।