थोरै समयमै लोकप्रिय बन्न सफल होजोन मोटरसको निटा भीले विश्वभरी चर्चा पाएको बेला नेपालका लागि आधीकारीक बिक्रेता सीजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होमका साथै अन साइट सर्भिस सुविधा सुरू गरेको छ।
हालसम्म १५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको र ग्रहाकहरूको सुविधलाई ध्यानमा राखी फ्री होम साथै अन साइट सर्भिस सुरू गरेको कम्पनीले जनाएको छ।
सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क नम्बर ९८०२३४०९४८ मा सम्पर्क गरेको २ घण्टाभित्र सर्भिस टिम साइटमा पुगेर सुविधा दिने कम्पनीले जनाएको छ।
छिट्टै नेपालका विभिन्न ४ ठाउँबाट कम्पनीले थप सुविधा दिने कम्पनीले जनाएको छ।
क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, युनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेसन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, युनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भीको नयाँ पक्ष रहेको कम्पनीले जनाएको छ।
नीटा भिमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ।
साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ। सिजी मोटर्सले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ।
निटा भिमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी 'क्याटल'ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ। हरेक गाडी किन्ने ग्राहकलाई ६.६ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने कम्पनीले जनाएको छ।