नेपालको लागि फोर्स मोटर्सको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले बिक्रीपछि दिने सेवा, सुविधा तथा पार्ट-पुर्जासम्बन्धित सेवालाई आधुनिकीकरण गर्न पोखरामा अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री-प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसाेसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रूपमा उद्धघाटन गरेका हुन्।
यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम सञ्चालनमा आइसकेको छ। फोर्सका ग्राहकहरूले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी मर्मत गर्न सक्नेछन्।
करिब सात रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ। गाडी बिक्रीपछिका सेवाहरू छिटो र आधुनिक तरिकाले दिने उद्देश्यका साथ नयाँ सर्भिस सेन्टरको सञ्चालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक निरन केसीले बताए।
विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्रान्डका गाडीहरू आयात तथा बिक्री-वितरण गर्दै आइरहेको छ।
फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री-वितरण गर्दै आइरहेको छ। साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन्। काठमाडौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा छ।
कम्पनीले देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै छ। आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरू समेत नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ।
कम्पनीले केही समय अघि मात्रै बजारमा 'गुर्खा' जिप सार्वजनिक गरेको छ।