नेपाली बजारमा महिन्द्राको नयाँ एसयुभी सार्वजनिक भएको छ। नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रा.लिले सोमबार एक्सयुभी-७०० सार्वजनिक गरेको हो।
महिन्द्रा-७०० परिष्कृत डिजाइनमा तयार पारिएको छ। कम्पनीले यस गाडीले उत्साहजन प्रदर्शन गर्ने विश्वास राखेको छ। साथै, विश्वस्तरीय सुरक्षा विश्वस्तरीय सुरक्षा र साइफाई प्रविधियुक्त, पृथक एक्सयुभी-७०० ले तोकिएका मानकहरूलाई पुनपरिभाषित गर्नेमा कम्पनी सकारात्मक छ।
नेपालमा एक्सयुभी-७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक विकल्पसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो गाडीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू छन्।
यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि छ। कम्पनीले नेपाली बजारको लागि एक्सयुभी-७०० एएक्सथ्री, एएक्स फाइभ र एएक्स सेभेन (लक्जरी प्याक) सहित तीन भेरियन्ट सार्वजनिक गरेको हो।
एक्सयुभी-७०० ले ग्लोबल एनसिएपीको दुर्घटना परीक्षणमा वयस्कहरूका लागि ५-स्टार र बच्चाका लागि ४-स्टार रेटिङ पाएको छ।
कम्पनीले एएक्सथ्री सिरिजको एएक्सथ्री पेट्रोल एमटीको बजार मूल्य ७४ लाख रुपैयाँ तोकेको छ। त्यस्तै एएक्सफाइभ सिरिजमा रहेको ५ सिट क्षमताको एएक्सफाइभ पेट्रोल एमटीको मूल्य ८१ लाख रुपैयाँ, एएक्सफाइभ पेट्रोल एटीको ८९ लाख रुपैयाँ र ७ सिट क्षमता सहितको एएक्सफाइभ पेट्रोल एटीको मूल्य ८३ लाख तोकेको छ।
एएक्स सेभेन सिरिजको एएक्स सेभेन एल पेट्रोल एमटीको मूल्य भने एक करोड ५ लाख रुपैयाँ र एएक्स सेभेन एल पेट्रोल एमटीको मूल्य भने एक करोड १० लाख रुपैयाँ तोकेको छ।
भिडिओः