नाडा र काठमाडौं उतप्यका ट्राफिक प्रहरी कार्ययबीच बुधबार औपचारिक भेटघाट भएको छ।
उक्त भेट कार्यक्रमबीच नाडाले प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स सिपियू तथा त्यससँग सम्बन्धित उपकरणहरू हस्तान्तरण गरेको छ। त्यसै क्रममा नाडाले एक सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ।
कार्यक्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङ सम्बन्धमा के-कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरेको छ। सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए।
कार्यक्रममा अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको समेत बताए। बुधबारको हस्तान्तरण कार्यक्रम पनि सोही सहयोगकको निरन्तरता थियो।
कार्यक्रममा ट्राफिक कार्यालयका प्रमुख चौधरीले नाडाको सहयोगप्रति धन्यवाद दिँँदै भविष्यमा पनि उक्त कार्यालयका लागि नाडाबाट विभिन्न सहयोग निरन्तर रूपमा प्राप्त हुनेमा अपेक्षा व्यक्त गरे।
उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्य प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति थियो।
ट्राफिक कार्यालयका उच्चअधिकारीहरू समेतको उपस्थिति रहेको हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए।