नेपाली बजारमा बजाज पल्सरको माग अत्याधिक छ। उक्त मागलाई सम्बोधन गर्दै नेपालको लागि बजाज बाइकको आधिकारिक विक्रेता हंशराज हुलासचन्दले गत कात्तिकमा नयाँ पल्सर एन२५० सार्वजनिक गरेको थियो। यो बाइकले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार पल्सर एन२५० विशेष युवा पुस्ताको लागि डिजाइन गरिएको भएपनि यसको स्पोर्टी आवरण र विशेषताका कारण हरेक उमेर समूहले चासो देखाइरहेका छन्।
हाल कम्पनीले बजाज पल्सर एन२५० को बजार मूल्य जम्मा चार लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ। यो कालो रंगमा उपलब्ध छ।
यो बाइक दैनिक आवतजावतको लागि निकै उपयुक्त छ भने यसको पावर र प्रदर्शनी पनि राम्रो छ।
२४९.६ सिसी डिस्प्लेसमेन्ट भएको यो बाइकमा चार स्ट्रोक, सिंगल सिलिन्डर, ओइल-कुल्ड इन्जिन दिइएको छ। जसले ८,७५० आरपिएममा २४.५ पिएस पावर र ६,५०० आरपिएममा अधिकतम २१.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा पाँच स्पीड गियर ट्रान्समिसन दिइएको छ।
एन२५० मा बिएस-६ कम्प्लायनन्टमा आधारित इन्जिन दिइएको छ भने यो एफआई मोडलमा पाउन सकिन्छ। जसले गर्दा इन्धन खपतमा पनि मद्दत गर्छ।
बाइकमा १४ लिटरको इन्धन ट्यांक पाउन सकिन्छ भने प्रतिलिटर ३५ देखि ४० किलोमिटरको रेन्ज दिन्छ। यसको ह्विलबेस १,३५१ एमएम र ग्राउन्ड क्लेरेन्सले १६५ एमएम छ। सिट उचाइ भने ७९५ एमएम छ।
बाइकमा १७ इन्चको ट्युबलेस टायर दिइएको छ। त्यस्तै यसमा डुअल च्यानल एन्टी लक ब्रेकिङ प्रविधि (एबिएस) छ। जसले गर्दा बाइकलाई सुरक्षित बनाउँन मद्दत गर्छ।
एन२५० मा पुरै एलइडी सहितको डिआरएल दिइएको छ भने यसको टेललाइट पनि एलइडी छ।
बाइकमा इन्फिनिटी कन्सोल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ। यसैमा राइडरले गियर इन्डिकेटर, स्पीड मिटर, ट्रिप मिटर, साइड इन्डिकेटर लगायत हेर्न सकिन्छ। बाइकको मोबाइल चार्जको लागि युएसबी चार्जिङ पोर्ट पनि दिइएको छ।
कम्पनीले नयाँ पल्सर एन२५० को इन्जिनमा पाँच वर्षको वारेन्टी दिने बताएको छ। यसबाहेक मिटर, ब्याट्री, स्वीच लगायत सामग्रीमा एक-एक वर्षको वारेन्टी दिने बताएको छ।