नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सले सिजी नेक्सजेनको अवधारणा ल्याएको छ।
सुजुकी ब्राण्डका विभिन्न मोडलहरू मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरुको बिक्री व्यवस्थापन गर्न सिजी नेक्सजेनको अवधारणा ल्याएको कम्पनीले बताएको छ।
सोही अवधारणा अन्तर्गत ग्राहकहरूलाई विश्व स्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारीक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ।
सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवम् स्मरणीय अनुभव प्रदान गर्नु नै सिजी नेक्सजेन च्यानलको बेन्चमार्क पनि हो।
ग्राहकहरूलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ शोरुम डिजाइन गरिएको हो।
सिजी नेक्सजेनमार्फत सुजुकी ब्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकहरूले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीको भनाइ छ।
यही विश्वासको साथ नक्साल स्थित स्टेट अफ द आर्ट शोरूमबाट ग्राहकहरूले सुजुकीको ग्राण्ड भिटारा, एसक्रस, अर्टिगा, एक्सएल ६, डिजायर, इगनिस बलेनो जस्ता प्रिमियम गाडीहरू खरिद गर्न सक्ने कम्पनीले बताएको छ।
शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुविधा एउटै छानाबाट उपलब्ध गराइने पनि कम्पनीको भनाइ छ।
नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन पिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद सिरोहियाले संयुक्त रुपमा गरेका हुन्।
स्मार्ट सिरोजेनिक्सका निर्देशक बिनोद सिरोहियाका अनुसार सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड हो। सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन्।
उनले भने 'हामीले आफ्नो यो शोरूमबाट सुजुकीका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नेछौ।'