नेपालमा हुन्डाइ गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।
हुन्डाइले 'अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक ५' नारासहित एक्सचेन्ज अफर सुरू गरेको छ।
जस अन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाइको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले बताएको छ।
उक्त एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको र जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी भएको कम्पनीले जनाएको छ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीको भनाइ छ।
यस अफरको फाइदा उठाएर ग्राहकहरूले आफ्नो पुरानो कोना इभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन्।
यो एक्सचेन्ज योजनाले हुन्डाइका विद्युतीय गाडीहरू प्रति ग्राहकहरूको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ।
एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।