सेगवे इ–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आइहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
नयाँ शोरूमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान हुने बताइएको छ।
नयाँ शोरूमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुंगा (माइलस्टोन) साबित हुने कम्पनीको भनाइ छ।
शोरूमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ।
सेगवेले नयाँ पोखरा शोरूमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ।
पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिने कम्पनीले जनाएको छ।
यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरूमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ।
शोरूममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्। टोलीले ग्राहकहरूकोे सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन्।
यो शोरूमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ।
यो शोरूममा बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन्।
नयाँ शोरूममा सेगवेका लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू र अन्य मोबिलिटी सोलुसनहरू प्रदर्शनमा राखिने कम्पनीले बताएको छ।
साथै, ग्राहकहरूले इ–स्कुटरहरूको निरीक्षण र टेस्ट–रइड गर्न सकिनेछ र जानकार कर्मचारीहरूबाट विशेष परामर्श प्राप्त गर्नेछ।
पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै निरीक्षण र खरिद गरी सन्तुष्ट अनुभव गर्ने कम्पनीले बताएको छ।