'नेक्सन इभी वुमन ड्राइभ द नेसन' नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिप्रदी टाटा मोटर्सले नारी विशेष कार्यक्रम आयोजना गरेको छ।
टाटा मोटर्सको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको योगदानको कदर गर्दै 'नेक्सन इभी वुमन ड्राइभ द नेसन' नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो।
यस वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको नारा 'डिजिटलः आविष्कार र प्रविधिमा लैंगिक समानता' छ। यसैमा आधारित रही अहिलेको विद्युतीय सवारी र त्यसका लागि आवश्यक पूर्वाधार, सीप तथा जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ।
नेक्सन इभीका महिला ग्राहकहरूको सहभागितासँगै वात्सल्यकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा.आकृति भारतीको प्रमुख आतिथ्य कार्यक्रम सञ्चालन गरिएको हो।
विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धि जानकारी अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एकदम जरूरी छ। टाटा मोटर्सका तर्फबाट कन्ट्री म्यानेजर अजित नारायण सिंहका अनुसार यसबारे हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु-बुझ्नु आवश्यक छ।
आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिइरहेका महिलाहरूलाई नेक्सन इभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथलीस्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन इभी मै यात्रा गरिएको थियो।
बागडोलमा ग्राहक सेवा प्रमुखसँगै कर्मचारीद्वारा फास्ट चार्जिङ स्टेशनका महत्वपूर्ण जानकारी, इभी गाडीमा ख्याल राख्नुपर्ने र जान्नु पर्ने तरिकाहरू सिकाइएको थियो। यसै भ्रमणका क्रममा नेपालको एकमात्र ब्याट्री डायग्नोस्टिक तथा रेस्टोरेसन फेसिलिटीमा इभी गाडीको हेरचाह तथा मर्मत नेपालमा गर्न सकिने विश्वस्तरीय उपकरणहरू पनि देखाइएको थियो।
बागडोलपछि नैकापस्थित 'इभी लर्निङ सेन्टर'मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीसम्बन्धी जानकारी गराइएको थियो। दक्षिण एशियाकै एकमात्र ट्रेनिङ सेन्टर जहाँ पूर्ण रूपमा सञ्चालित उच्च उपकरणहरू पढ्न, बुझ्न र सिक्न सकिने 'इभी लर्निङ सेन्टर'को भ्रमण गर्दै विभिन्न जिज्ञासाहरू पनि राख्ने मौका दिइएको थियो।
कार्यक्रममा मिस नेपाल प्रियंका रानी जोशी, न्यान्सी खड्का र शरिसा श्रेष्ठको पनि उपस्थिति थियो। यसबाहेक सिप्रदी ट्रेडिङमा कार्यरत महिलाहरू र टाटा मोटर्सका महिला ग्राहकहरूको सहभागिता थियो।