सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक भएको छ। नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गरी ती दुई गाडी सार्वजनिक गरेको हो।
सुरूआती चररणमा यी गाडी किन्ने ग्राहकले गाडीको भेरियन्टअनुसार ४१ लाख १९ हजारदेखि ८५ लाख २९ हजारसम्ममा पाउँछन्।
यस्ता छन्, सुजुकीले सार्वजनिक गरेको नयाँ गाडीको विशेषताः
न्यू ग्राण्ड भिटारा
यो कलात्मक डिजाइन गरिएको गाडी हो। यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ। यसले २७.९७ किलो मिटर माइलेज दिन्छ। यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ। चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ। यसमा ६ वटा एयरब्याग छन्। गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ।
न्यू ब्रेजा
यो गाडी चालकको आराम र सुविधालाई ध्यान दिई डिजाइन गरिएको छ। यसमा प्रयोग गरिएको फराकिलो सिटले लामो यात्रा गर्न सहज हुन्छ। यसमा रंगीन हेड्सअप डिस्प्ले जडान गरिएको छ। ग्राहकले यो गाडीको खरिदमा क्युआई प्रमाणित वायरलेस चार्जर पाउँछन्। गाडीमा ६ वटा एयरब्याग जडान गरिएको छ। यसको सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्रणाली जडान गरिएको छ।
नेपाली बजारको लागि ग्रान्ड भिटारा निकै प्रतिक्षित एसयुभी हो। कम्पनीले यसको लागि गत महिनादेखि नै प्रि–बुकिङ खुलाएको थियो।
त्यस्तै बजारमा ब्रेजाको राम्रो माग छ।