सिप्रदी टाटा मोटर्स शोरूमहरूमा आयोजित एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति देखिएको कम्पनीले बताएको छ। फागुनको २६, २७ र २८ गते द इलेक्ट्रिफाइङ एक्सचेन्ज क्याम्प २०२३ आयोजना गरिएको थियो।
टाटा मोटर्सका ग्राहकहरू तथा बजारको सुझाव र जिज्ञासालाई मध्यनजर गर्दै यस्तो क्याम्प आयोजना गरिएको हो। क्याम्पमा
पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो। लगातार तीन दिन चलेको क्याम्पमा झन्डै २०० गाडीको मूल्यांकन गरियो।
क्याम्पमा उपस्थित सेवाग्राहीका अनुसार चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन गरिएको थियो। सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागी उत्सहित थिए।
एक्सचेन्ज सुविधासंगै विद्युतीय गाडी सम्बन्धि जानकारी दिंदै काठमाडौँका भित्री बाटोमा टेस्ट ड्राइभ पनि गरियो।