शुक्रबारदेखि टाटा मोटर्सको 'ह्याप्पिनेस 'विक एन्ड एक्सचेन्ज क्याम्प' हुँदैछ।
गत हप्ता आयोजित एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रियाबाट यो चैत महिनाको ३, ४ र ५ गते काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा 'ह्याप्पिनेस विक एन्ड एक्सचेन्ज क्याम्प' सञ्चालन हुँदैछ।
शुक्रबार, शनिबार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको हुँदा सबै ग्राहकहरूलाई कम्पनीले उपस्थितिको लागि आह्वान गरेको छ। कम्पनीको सोरुममा गएर ह्याप्पिनेस मेनुबारेमा जानकारी लिई उक्त मेनुमा भएका अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको हो।
क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सको नयाँ २०२३ मोडेलका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले सोरुमा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।
चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने बताइएको छ।