सिजी मोटर्सले आज (बुधबार) देखि नेटा भी एक्सचेञ्ज क्याम्प सुरू गरेको छ।
काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरूमा उक्त एक्सचेञ्ज क्याम्प सुरू गरेको हो।
चैत १० गतेसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ।
सिजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गर्ने र सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरूलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने बताइएको छ।
'स्विच टु इभी' ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरू लाभान्वित हुन सक्ने कम्पनीको भनाइ छ।
नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटिएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ।
नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, सिजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ।
एक पटक फुल चार्जमा ३८० किमि नेटा भि नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो।