सिप्रदीले 'लोकोन्याभ' सँग सहकार्य गरेर सवारीसाधन ट्रयाकिङ तथा फ्लिट मेनेजमेन्ट सफ्टवेयर ल्याएको छ। लोकोन्याभ फ्लिट व्यवस्थापन सफ्टवेयरको अन्तर्राष्ट्रिय कम्पनी हो। योसँगको सहकार्यमा सिप्रदीले नेपाली बजारलाई सुहाउँदो सफ्टवेयर ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनामा प्रयोग हुने गाडी र फ्लिटहरूको दक्षता र उत्पादकत्व व्यवस्थापनका लागि यो सफ्टवेयर ल्याइएको हो।
'सवारी साधनको उत्पादकत्व बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुन्छ। ग्राहकको यही आवश्यकता बुझेर लोकोन्याभ ल्याइएको हो,' सिप्रदीले भनेको छ, 'यो नेपाली बजारलाई किफायती हुने सवारीसाधन ट्रयाकिङ र फ्लिट मेनेजमेन्ट सफ्टवेयर सावित हुने सम्भावना छ।'
कम्पनीका अनुसार यो सफ्टवेयर जिपिएस प्रविधिबाट चल्छ। यसको दैनिक प्रयोगले फ्लिट सञ्चालनमा आउने चुनौतीहरू समाधान गर्नेछ।
'लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भयो। यो अवधिमा सफ्टवेयर ग्राहकहरूको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ। अहिले लोकोन्याभका प्रयोगकर्ताहरूले पाँच प्रमुख फाइदा भएको बताएका छन्,' लोकोन्याभका लागि सिप्रदीको तर्फबाट रजिया श्रेष्ठको भनाइ छ।
उनका अनुसार लोकोन्याभबाट व्यवसायको फ्लिटको उत्पादकत्वमा सुधार भइरहेको छ। ट्र्याकिङ सिस्टमले फ्लिट मेनेजेरलाई आफ्नो सवारीसाधनले गर्ने ट्रिपको व्यवस्थापन तथा निगरानी राख्न र अनावश्यक ट्रिप व्यवस्थापन गर्न मद्दत पुर्याएको छ।
'यो सिस्टमले आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्छ। त्यसैले ट्रिप व्यवस्थापनका साथै इन्धन खपत घटाउन पनि सहज भएको प्रतिक्रिया आएको छ,' कम्पनीले भनेको छ।
लोकोन्याभ सफ्टवेयरबाट सवारीलाई जुनसुकै स्थानबाट पनि लक गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले ऋणमा दिइएको सवारी साधन ट्र्याकिङ गर्न पनि यो प्रयोग भइरहेको कम्पनीले जनाएको छ।
यसबाट चालक व्यवहार पनि अनुगमन गर्न सकिने कम्पनीको भनाइ छ। फ्लिट मेनेजेरले चालकको गाडी चलाउने शैली, रफ्तार जस्ता तथ्यांक पाउन सक्ने भएकाले क्षति अगाडि नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ। विद्यालयहरूले पनि स्कुल बसमा यो प्रयोग गर्न सक्नेछन्।
त्यस्तै लोकोन्याभले लजिस्टिक र डेलिभरी कम्पनीहरूलाई पनि सहज बनाएको कम्पनीको भनाइ छ। ट्रिपहरू तोक्न र ट्र्याक गर्न सजिलो हुँदा सामान कहाँ आइपुग्यो भनेर थाहा पाउन सकिन्छ। यसले गर्दा डेलिभरी कम्पनीका ग्राहकमा विश्वसनीयता कायम गर्न सहज भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसबाहेक लोकोन्याभले प्रयोगकर्तालाई विश्लेषणात्मक सुविधा पनि दिन्छ।
लोकोन्याभबारे थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ। नेपाल टेलिकमबाट १६६००१५५७७७ मा र एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गरी वा यसको वेबसाइटमा गएर बुझ्न सकिन्छ।