हिरो मोटोकर्पले आफ्ना ५ मोडल मोटरसाइकलको उत्पादन बन्द गरेको छ। कम्पनीले आफ्नो उत्पादन सूचीबाट केही महिना अघि नै यी मोडलका मोटरसाइकल हटाएको हो।
हिरोले हंक, एक्स्ट्रिम स्पोर्टस्, ग्ल्यामर, डाउन र इग्नीटोर मोटरसाइकलको उत्पादन बन्द गरेको हो।
हंक र एक्स्ट्रिम स्पोर्टस १ सय ५० सिसि र इग्नीटोर, ग्ल्यामर र डाउन १ सय २५ सिसि मोटरसाइकल हुन्। ग्ल्यामर र डाउन नेपाली बजारमा थोरै मात्रामा विक्री भएका थिए।