बजार मोटरसाइकले आफ्ना ग्राहकहरुका लागि रातको समयमा पनि सर्भिस गर्ने सुविधा ल्याएको छ। ललितपुरको गुसिङगालमा रहेको बजाज सर्भिस सेन्टरले नयाँ सुविधा ल्याएको हो।
साँझ ५ बजेदेखि ७ बजेभित्र मोटरसाइकल सर्भिसका लागि दिनुपर्ने र सोही राती १० बजेपछि र अर्को दिन विहान साढे ९ बजेपछि मोटरसाइकल दिन सकिने बजाजले जनाएको छ।
दिनमा काम गरिरहेकाहरुलाई सर्भिस लैजान समस्या परिररहेको हुदाँ रातको समयमा पनि सर्भिसको सुविधा ल्याइएको बजाज सर्भिस सेन्टरले जनाएको छ।