नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द त्रिभुवन आर्मी क्लवसँग आबद्ध भएको छ। ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ ।
पल्सर मोटरबाईक सशक्तता, कठोरपना, र सहाजको पर्यायबाची मोटरबाईक ब्राण्डको रुपमा स्थापना भएको छ, र यो नेपाली युवाहरुमाझ सबैभन्दा लोकप्रिय मोटरबाईक भएको छ ।
बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ । नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ ।
यो प्रायोजनको बारेमा आयोजित पत्रकार सम्मेलनमा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामी देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएका छौं ।