बजाज मोटरसाइकले नयाँ 'लुक्स'मा पल्सर एनएस १६० बजारमा ल्याएको छ।
नयाँ मोटरसाइकललाई कम्पनीले 'स्पोर्टी लुक्स' दिएको छ।
मोटरसाइकलमा फोर स्ट्रोक आयल कुल्ड डिटिएसआइ इन्जिन छ। ६ वटा गेयर छ। मोनोसक छ। १२ लिटरको इन्धन ट्यांकी छ। मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १७८ एमएम छ।
होन्डाको सिबी हर्नेट १६० आर, सुजुकीको जिक्सर र टिभिएसको एपाचे आर टी आर १६० लाईसँग प्रतिष्प्रर्धा गर्न बजाजले नयाँ लुक्समा मोटरसाइकल ल्याएको हो भारतमा यसको मूल्य ७८ हजार ३ सय ६९ रुपैयाँ तोकिएको छ।