भारतमा सन् २०१७ जुलाई १ देखि वस्तु तथा सेवा कर (जिएसटी) का नामले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि मोटरसाइकलहरूको मूल्य घट्ने क्रम जारी छ। भारतमा हालै रोयल इन्फिल्ड र होन्डाले आफ्ना मोटरसाइकलको मूल्य कटौति गरेका थिए।
अब केटीएम ड्यूकले पनि आफ्ना केही मोटरसाइकलको दाम घटाएको छ। कम्पनीले भारतीय बजारमा केटीएमले करिब १३ हजार ८ सय रुपैयाँसम्म कम गरेको हो। कम्पनीले आरसी २०० मा करिब १० हजार ८ सय ४०, ड्यूक २५० मा १३ हजार, आरसी ३९० मा ८ हजार ५ सय र ३९० ड्यूकमा ८ हजार ४ सय रूपैयाँ कम गरेको जनाएको छ।
जुलाई १ अघि ३५० सिसीका मोटरसाइकलमा ३० प्रतिशत कर लाग्दै आएको थियो जुन अब २८ मात्र भएको छ। यसैकारण कम्पनीहरूले मोटरसाइकलका दाम कम गर्दै आएका छन्।