बजाज कम्पनीले अब सातवटा नयाँ मोटरसाइकल ल्याउने भएको छ।
कम्पनीले आफ्ना सात ब्रान्डः सिटी, प्लाटिना, डिस्कभर, भी, एभेन्जर, पल्सर र डोमिनारअन्तर्गत सबैमा एक–एक गरी सातवटा नयाँ मोटरसाइकल ल्याउने भएको हो।
अटोमोबाइल सम्बन्धीका समाचारमाध्यमका अनुसार कम्पनीले आफ्नो वार्षिकोत्सव सम्मेलनमा यो कुराको जानकारी दिएको हो।
सम्मेलनमा बजाजको बजार हिस्सा कम भएको टिप्पणी गरिएपनि भारतमा २० प्रतिशत कायमै रहेको कम्पनीले दाबी गरेको छ।
कम्पनीले आफ्नो बजार हिस्सा बढाउनै भनेर आगामी २ वर्षमा ७ नयाँ मोटरसाइकल ल्याउने बताएको छ।
बजाजका ब्रान्डमध्ये पल्सर सिरीजका मोटरसाइकल सबैभन्दा बढी लोकप्रिय छन्।