बजाजले प्लाटिना र सिटी १०० का नयाँ संस्करणका दुई नयाँ मोटरसाइकल ल्याएको छ।
कम्पनीले भारतीय बजारमा 'सिटी १०० इएस एलो' र 'प्लाटिना इएस स्पोक' ल्याएको हो।
सिटी १०० इएस एलोको मूल्य ४१ हजार ९ सय ९७ र प्लाटिना इएस स्पोकको ४२ हजार ६ सय ५० भारतीय रुपैयाँ तोकिएको छ।
योसहित कम्पनीका ४ संस्करणका सिटी मोटरसाइकल बजारमा उपलब्ध छन्।
बजाजले पल्सर, एभेन्जर, डिस्कभरसहित आफ्ना सबै सिरिजमा नयाँ मोटरसाइकल ल्याउने भएको भारतीय समाचारमाध्यमले जनाएका छन्।