हिरो मोटोकर्पले २५० सिसि सिरिजमा नयाँ मोटरसाइकल ल्याउने भएको छ।
आगामी दसैंतिहारलाई लक्षित गर्दै कम्पनीले ‘एचएक्स २५०’ मोटरसाइकल ल्याउन लागेको भारतीय समाचारमाध्यमले जनाएका छन्।
‘एचएक्स २५०’ को मा २४९ सिसिको सिंगल सिलिंडर इन्जिन छ।
स्पोर्टी डिजाइनको यो मोटरसाइकलमा डिस्क ब्रेक, एनालग-डिजिटल इन्स्ट्रूमेन्ट कंसोल जस्ता विशेषता समावेश छन्।
यसको मूल्य करिब १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान छ।