भारतीय दुईपांग्रे बजारमा आधिपत्य जमाउँदै आएका दुई घरेलु कम्पनी बजाज र हिरोलाई रोयल इन्फिल्डले उछिनेको छ। गत साता सेयर भाउ बढेपछि भारतीय बजारमा दुईपांग्रे उत्पादक कम्पनीमध्ये इन्फिल्ड सबैभन्दा धनी भएको हो।
बेलायतमा प्रमुख कार्यालय भएको बहुराष्ट्रिय कम्पनी इन्फिल्डको भारतमा मातृसंस्था आइसर मोटर्स हो।
आइसरको सेयर हालसम्मकै धेरै हुँदै झण्डै ८ प्रतिशतले बढेपछि इन्फिल्ड धनी दुईपांग्रे कम्पनी भएको अटोमोबाइल सम्बन्धी समाचारमाध्यम अटो एनडिटिभीले जनाएको छ।
अहिले, आइसर भारतकै चौथो ठूलो अटोमोबाइल कम्पनी हो। पहिलो मारुति सुजुकी, दोस्रो टाटा मोटर्स र तेस्रो महिन्द्रा एण्ड महिन्द्रा छन्।
सन् २०१७ जुलाइमा ६४, ४५९ वटा रोयल इन्फिल्ड बिक्री भएको आइसरले यस महिनाको सुरुआतमा जनाएको थियो। यो बिक्री गत वर्षको सोही महिनामा भन्दा २१ प्रतिशत बढी हो।
बजारको धनी दुईपांग्रे कम्पनी भएका बारे इन्फिल्डले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।