काठमाडौंको थापाथलीमा सिप्रदी ट्रेडिङ प्रालिलको टाटा कारको आर्कषक शो रुम बनाएको छ।
शो रुमको एक समारोहका वीच बुधबारबार साँझ उद्घाटन गरिएको छ।
६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको यो शो रुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शो(रुम भएको सिप्रदी ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले जानकारी दिए।
भूकम्प प्रतिरोधी स्टिल फिक्सिङ प्रविधिमा आधारित भएर शो रुम बनाइएको कार्कीले बताए। शो रुममा १० वटासम्म कार राख्न सकिने छ। शो रुममा बत्तीहरु आकर्षक रुपमा सजाइएको छ।