सुजुकी मोटरसाइकल्स भारतले आफ्नो लोकप्रिय मोडल ‘जिक्सर’ को नयाँ मोडल बजारमा ल्याएको छ। कम्पनीले ‘जिक्सर एसएफ एबिएस’ ल्याएको हो जसमा कार्बुरेटेड स्ट्याण्डर्ड र फ्यूल इन्जेक्टेड संस्करणमा उपलब्ध छ।
दिल्लीमा स्ट्याण्डर्ड संस्करणको मूल्य १ लाख ८ हजार र एफआइको १ लाख १३ हजार भारतीय रुपैयाँ तोकिएको छ।
यी दुई नयाँ संस्करणमा सिंगल च्यानल एन्टी ब्रेकिङ सिस्टम (एबिएस) एकाइ जडान गरिएको छ जसले अगाडिको ब्रेकमा काम गर्छ।
१५५ सिसिको यो मोटरसाइकलमा एअर कूल्ड इन्जिन छ। यसले अधिक १४.८ पीएस शक्ति र १६ एनएम टर्क उत्सर्जन गर्छ।