यामाहा मोटरसाइकलको एफजेट ट्वान्टी फाइभ मोटरसाइकल नेपाली बजारमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले विहीबारदेखि नेपाली बजारमा एफजेट २५ मोटरसाइकल विक्री गर्ने जनाएको छ।
बुधबार साँझ राजधानीको एक होटलमा भब्य कार्यक्रम गरी मोटरसाइकल सार्वजनिक गर्न लागिएको छ। लामो समयपछि यामाहाले स्पोट्समा दमदार मोटरसाइकल उत्पादन गरेको हो।
मोटरसाइकल बडी डाइमण्ड प्रकारको फ्रेममा तयार पारिएको छ। डिजिटल क्लस्टर, ड्युअल डिस्क ब्रेक, अटोमेटिक हेड ल्याम्पले मोटरसाइकललाई आकर्षक बनाएको छ।
२ सय ४९ सिसिको सो मोटरसाइकल आयल कुल्ड सिंगल इजेक्टेड इन्जिन जडान गरिएको छ जसले २० दशमलव ६ विएचपी पावर र २० एनएम टार्क पैदा गर्छ।
बजारमा यो मोटरसाइकलले पल्सरको आरएस २०० र होन्डाको सिवीआर २५०, केटिएम २०० र टिभिएसको अपाचे २०० सँग प्रतिष्प्रर्धा गर्ने कम्पनीले जनाएको छ।
यस मोटरसाइकलको मुल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।