जगदम्बा मोटर्सले तीनकुनेमा टिभिएसको शोरुम संचालनमा ल्याएको छ। युनिभर्सल मोटो कर्पको नामबाट शोरुम संचालनमा आएको छ। शोरुमको पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरे।
यस शोरुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सिसी, अपाचे १८०, अपाचे २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइकर १२५ सिसीका उपलव्ध हुने छन्।
त्यस्तै स्टारसिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी र स्कुटर सेग्मेन्टमा ११० सिसी, जुपिटर, विगो, जेस्ट, उपलब्ध छन्। उक्त सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटरबाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिइएको छ।
योसँगै टिभिएसका नेपाल भरी ७६ ओटा शोरुम तथा सर्टिफाइड सर्भिस प्वाइन्ट विस्तार भएको छ। यी सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् प्रदान हुने कम्पनीले जनाएको छ। सो अवसरमा जगदम्बा मोटोर्सका कार्यकारी प्रमुख अखिल गुप्ताले मंगलबारदेखि ८ गते सम्म कुनै पानि बाईक को खरिदमा नगद ७ हजार र स्कुटरको खरिदमा ९ हजार छुट हुने जानकारी दिए।
साथै सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने, फाइनान्स र बाइकको एक्सचेन्ज सुविधा पनि दिइने उनले बताए। उद्घाटनको अवसरमा ११ वटा बाइक र ५ वटा स्कुटर बिक्रि भएको युनिभर्सल मोटो कर्पका संचालक ओमप्रकास मरासिनीले जानकारी दिए।