नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँतिहारलाई लक्षित नयाँ योजना ल्याएको छ।
‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट पाउनेछन्। त्यसका अलवा साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा ¥यापिड जित्न सक्ने कम्पनीले जनाएको छ।
‘दसैँ र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौँ, यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने।
लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार हुने रौनियारले जानकारी दिए।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन्।
यामाहाले भर्खरै नेपाली बजारमा एफजी २५ सार्वजनिक गरेको थियो। अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ। बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ ।
यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ। दसैं अफर यामाहा एफजी२५मा लागू भए पनि नगद छुट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने कम्पनीको दावी छ।