नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैँ तिहारका लागि ‘होण्डा ह्विल अफ फच्र्युन २’ नामको स्कीम ल्याएको छ।
स्किमको समय अविधिभर होण्डाका ग्राहकहरुले १ लाखदेखि १० लाखसम्म नगद उपहारका साथै अन्य उपहारहरु जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकहरुले होण्डा मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १ लाख सम्मको नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा ४ हजार ५ सय बराबरको १० थप निशुल्क सर्भिस कुपन प्राप्त गर्न सक्ने छन्।
कम्पनीका अनुसार होण्डा बिग बाइक किन्दा आकर्षक नगद छुटका साथमा एक वर्षको निशुल्क रोड ट्याक्स, निशुल्क एसेसरीज तथा एक वर्षको कम्प्रेन्सिभ बिमा सुविधा पनि दिइने छ।
बम्पर कुपनबाट लक्की ड्र मार्फत १० जनाले १० लाख सम्मको नगद पुरस्कार जित्ने मौका पाउने र यो योजना भोलिबाट लागू हुने स्याकारले जनाएको छ।