नाडा अटो शोको १२ औं संस्करण मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेज्मेन्ट सर्भिसेज प्रालिको संयुक्त अयोजनामा मेला सुरु भएको हो। यस मेलामा विभिन्न ब्रण्डका सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्टका स्टलहरु रहेका छन्।
सवारीसाधन तर्फ मोटरसाइकल तथा स्कुटरमा युवायुवतीहरुको भीड देखिन्छ। मेलामा दुई पाङ्ग्रे सवारीसाधनले विभिन्न प्रकारका छुट तथा अफर दिएर ग्राहक तान्ने प्रतिस्पर्धामा उत्रिएका छन्।
अधिकांश दुइपांग्रे सावारी साधन बितरकहरुले नजिकिँदो दसैँ, तिहार र छठलाई केन्द्रित गरेर छुट अफरहरु ल्याएका छन्।
यस्ता छन् विभिन्न ब्राण्डले दुई पाङ्ग्रेतर्फ दिएको छुट तथा अफरः
टिभिएसनेपालको लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले नाडा शोलाई लक्षित गर्दै दसैँ, तिहार योजना ल्याएको छ। जसमा कम्पनीले प्रत्येक टिभिएस बाईकको खरिदमा ७ हजार र स्कुटरमा ९ हजार छुट दिइरहेको छ। त्यस्तै १ सय दिनसम्म प्रत्येक दिन एक जनाले लक्की ड्रमार्फत एक तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ।
महिन्द्रामहिन्द्रा टु–ह्विलर्सको आधिकारिक वितरक अग्नि मोटो इन्क प्रालिले १२ औं नाडा शोको उपलक्ष्यमा महेन्द्रा मोजो मोटरसाइकल बाहेक सम्पुर्ण बाइक तथा स्कुटरहरुमा १० हजार छुट दिइरहेको छ। त्यस्तै कम्पनीले दसैँ तथा तिहारको अफर भने केही समयपछि ल्याउने जनाएको छ।
बजाजबजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्व लक्षित गर्दै अफर ल्याएको छ। जसमा प्रत्येक ग्राहकले ६ हजारदेखि ६ लाख रुपैयाँ सम्म जित्न सक्नेछन्। त्यस्तै नाडा शोमा बाइक बुक गर्नेले हेल्मेट, लेग गार्ड जस्ता एसेसरिजहरु पनि पाउनेछन्।
सुजुकीसुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता भिजी अटोमोबायल्स प्रालिले ‘दसैँ तिहार चक्कामा चक्का अफर’ ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले प्रत्येक मोटरसाइकलको खरिदमा ७ हजार र स्कुटरको खरिदमा ९ हजार छुट पाउनेछन्। त्यस्तै स्क्रयाच कार्ड मार्फत १ लाख नगद जित्न सक्नेछन् भने भग्यमानी ग्राहकले बम्परमा रेनो क्विड कार जित्न सक्नेछन्।
होण्डानेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले पनि छुट अफर ल्याएको छ। जस अन्तर्रगत नर्मल सेग्मेन्टका बाइकको खरिदमा ४ हजारदेखि १ लाखसम्म र बिग सेग्मेन्टका बाइकको खरिदमा ३० हजारसम्मको छुट खरिदकर्ताले पाउन सक्नेछन्।
हिरोनेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गदै हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ६ हजार छुट, स्क्रयाच कार्ड मार्फत १ हजारदेखि १ लाख सम्म जित्ने मौका पाउनेछन्।
त्यस्तै ग्राहकले मोटरसाइकलमा ५ हजार किलोमिटर र ७० हजार किलोमिटर तथा स्कुटरमा ५ वर्ष र ५० हजार किलोमिटरको वारेन्टी पाउनेछन्। तिबाहेक हरेक मोडलमा ९ पटक फ्रि सर्भिसिङ पाउनेछन्। इन्जिन आयलमा ३ पटक ३० प्रतिशत छुट र स्पेयर पार्टसमा ३ पटक ७ प्रतिशत छुट पाउनेछन्।
यामाहानाडा अटो शोमा यामाहा मोटरसाइकलले पनि विभिन्न अफर ल्याएको छ। आधिकारिक बिक्रेता एमडब्लु इण्टरप्राइजेजले प्रदर्शनी अवधिभर मोटरसाइकल बुकिङ गर्दा ८ हजारको हेल्मेट प्रदान गर्नेछ। त्यस्तै प्रत्येक मोटरसाइकलको खरिदमा ७ हजार छुट पाउनेछन्। त्यस्तै बुकिङ गर्नेले लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने बम्परमा एक जनाले स्कोडा र्यापिड कार जित्न सक्नेछन्।
युएमअमेरिकी ब्रान्ड युएम बाइकले पनि प्रदर्शनीको अवसरमा छुट दिइरहेको छ। युएम बाइकको आधिकारिक बितरक आइएमई ग्रुपले ७ हजार देखि १२ हजारसम्म छुट दिइरहेको जनाएको छ।
बेनेलीबेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बितरक केआई ट्रेडिङ्ग प्रा लिले नाडा शोको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न छुट ल्याएको छ। बेनेलीले टिएनटी ३०० (एबिएस) मा २० हजार, टिएनटी ३०२ मा २० हजार, टिएनटी ५०२ मा ३० हजार र ६०० आइमा ५० हजार छुट दिइरहेको जनाएको छ।
एसवाईएमएसवाईएम स्कुटरले प्रर्दशनीको अवसरमा भारी छुट दिइरहेको छ। एसवाईएम स्कुटरको लागि नेपालको आधिकारिक वितरक श्रेष्ठ कम्पनी प्रालीले फिडेल III १२५ मा १० हजार, जिटिएस ३०० मा २० हजार र जेट ४ मा ५ हजार छुट दिइरहेको छ।