होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले नाडा अटो सोको अवसरमा आफ्ना सुपर बाइकअन्तर्गत होण्डा सिबिएफ १९० WHG XSI र WHG ZSI सार्वजनिक गरेको छ।
होण्डा सिबिएफ १९० अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको बाइक भएकाले नेपालमा पनि राम्रो प्रतिक्रिया पाउने कम्पनीको विश्वास छ।
सेतो, रातो र सुन्तला रङ्गमा उपलव्ध यसमा रहेको ब्रुडिङ्ग हेड ल्याम्प, रेड स्पार्क प्लग, रियर स्प्रिङ्ग, फक्स एयर स्कुप स्राउड र छोटो टेलले यसलाई थप स्पोर्टी बनाएको छ।
एयर कुल्ड, ४ स्ट्रोक सिङ्गल सिलिन्डर रहेको यस बाइकमा ५ स्पिड ट्रान्समिसन रहेको छ। यति मात्रनभई अप–साइड डाउन फ्रन्ट सस्पेन्सन, रियर मोनोसक सस्पेसन र आरामदायी यात्राको लागि लो सिट एड्जस्टमेन्ट जस्ता थप विशेषताहरु यसमा रहेको छ।
१८४ सिसि रहेको यस बाइकले उच्चतम टर्क उत्पादन गरी ७ देखि ८ हजार आरपिएमको बीचमा पावर उत्पादन गर्दछ। जम्मा १४० किलो तौल रहेको यस बाइक सिटी जामको लागि समेत उपयुक्त रहेको कम्पनीको दावी छ।
नेपाली बजारमा CBF 190 WHG XSI को मूल्य ५ लाख ९९ हजार र CBF190 WHG ZSI को मूल्य रु. ६ लाख १४ हजार पर्ने होण्डाले जनाएको छ।