भदौ ५ गते नै उद्घाटन गरिएको इम्बोस्ड नम्बर प्लेट जाडन कार्य भने आजदेखि औपचारिकरुपमा सुरु भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशकले चढ्दै आएको गाडीमा जडान गरी आजदेखि सरकारी र वागमति अंचलमा दर्ता भएका चार पांग्रे सवारीसाधनहरुको लागि इम्बोस्ड नम्बर प्लेट सुरु गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।
सवारी सुरक्षा, उपभोक्ताको सुरक्षाको लागि नयाँ प्रविधिको प्रयोग सरकारको सँधै प्राथमिकतामा रहेको र त्यसैले नेपालमा यसको सुरुवात गर्न लागिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए।
भट्टराईले नै चढ्दै आएको गाडीले नेपालकै पहिलो इम्बोस्ड नम्बर प्लेट पाएको छ। बी एए ०१०१ नम्बरको प्लेट उक्त गाडीमा जडान गरिएको हो। त्यस्तै विभागका अन्य गाडीमा पनि जडान गर्दै जाने साना तथा ठुला सवरी कार्यालयका प्रमुख बसन्त अधिकारीले जानकारी दिए।
०१ देखि १०० सम्मका नम्बर उच्चपदस्थहरुको लागि राखिएको र १०१ देखि सुरु गरिएको भट्टराईले जानकारी दिए।
नेपाली अक्षर र अंक प्रयोग नगरिएको, अंचलको नाममा नम्बर वितरण गरिएको भन्दै विवादित बनिरहेको सन्दर्भमा तत्काल यो प्लेट परिवर्तन महुने सम्भावना नभएको अधिकारीहरुले जानकारी दिएका छन्। ग्लोबल टेन्डरबाट छनौट भएको कम्पनीले उत्पादन गरेको र उसँगको सम्झौता पहिले नै भइसकेको सन्दर्भमा पुरानै निर्णयलाई कार्यान्वनमात्र गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए।
पहिलोचरणमा वागमति अंचलमा दर्ता सवारी र त्यसमा पनि सरकारी तथा कुटनीतिक नम्बर प्लेटलाई अनिवार्य गर्ने विभागको योजना छ।त्यसपछि सबै ग्राहक र अन्य अंचल वा प्रदेशस्तरमा यो व्यवस्थालाई अनिवार्य गर्दै लिइने विभागले जानकारी दिएको छ।
विभाागबाट लिने र दिने सेवा लामो, झन्झटिलो हुने आशंका गरिएपनि अन्य सेवाजस्तो नम्बर प्लेट वितरणको प्रक्रिया नहुने भट्टराईको भनाइ छ।
सवारी धनीहरुले सबै काम अनलाईनबाटै गरेर अन्तिममा प्लेट तयार भइसकेपछि विभागमा गएर जडान गर्नेमात्र भएकोले यसमा कुनै पनि झन्झट, लाइन बस्नुपर्ने अवस्था नआउने अधिकारीहरुले बताएका छन्।
विभागले दिएको जानकारी अनुसार ‘इम्बोस्ट नम्बर प्लेट’ राख्नको लागि कुनै पनि सवारी धनी एकपटकमात्र विभागमा जानुपर्छ। त्योभन्दा पहिलाका चरणमा उनीहरुले घरबाटै वा अनलाइनबाटै गर्न सक्छन्।
सबैभन्दा पहिला विभागको समय तालिका अनुसार सवारीधनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानको लागि अनलाईन आबेदन भर्नुपर्ने छ। सावरीसँग सम्पूर्ण आवस्यक विवरणसहित उक्त आवेदन भरीसकेपछि निर्धारित रकम राष्ट्रिष्य वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ।
त्यसपछि उक्त आवेदन विभागको सिस्टममा आउँछ र उसले ‘इम्बोस्ट नम्बर प्लेट’ उत्पादक डेकाटुर टाइगर पठाउनेछ । उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसारको प्लेटमा रहेको आरएफआईडी(रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन) चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ।
त्यसरी तयार भएको नम्बर प्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ। त्यसपछि विभाग वा तोकिएको स्थानमा गई जडान गर्न सकिन्छ।
कुन साधनलाई कति शुल्क?इम्बोस्ड नम्बर प्लेट राख्नलाई हालको भन्दा केही महंगो हुने भएको छ। विभागका अनुसार मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैयाँ तिर्नुपर्ने एको छ। सवारी धनीले फारम भर्नुभन्दा पहिलो राष्ट्रिय वाणिज्य बैंकको खातामा विभागको खातामा दाखिला गर्नुपर्छ।