भृकुटीमण्डपमा जारी १२ औं नाडा अटो शोमा अटोमोवाइल्स कम्पनीहरुले आफ्नो उत्पादन ग्राहक सामु चिनाउन बेजोड मेहनत गरिरहेका छन्। सवारी साधन तथा त्यससँग सम्बन्धित सम्पुर्ण सामान खेज्नेको लागि नाडा शो ठूलो माध्यम पनि हो।
विगतका वर्षमाझैँ यसपालि पनी हुण्डाईको स्टलमा उत्साहजनक उपस्थिती रहेको कम्पनीको दावी छ। हुण्डाईले सस्तोदेखि महँगो र आरामदायी गाडीहरु उपलब्ध गराउने हुँदा धेरैको आकर्षणको केन्द्रमा परेको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका सिनियर ब्राण्ड म्यानेजर अवाशिष ओझाको बताए।
ग्राहकको अत्याधिक ‘इन्क्वायरी’ले आफूहरुले बस्ने समेत फुर्सद नपाएको लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जनरल म्यानेजर रुपेश शर्मा भट्ट बताउँछन्। ‘हाम्रो मुख्य उद्देश्य भनेको धेरै भन्दा धेरै ग्राहकलाई आफ्नो उत्पादन चिनाउनु हो, र यसपालि सरकारी विदाका दिनहरु पनि परेको हुनाले हामीलाई भ्याइ–नभ्याइ छ’ भट्टले सेतोपाटीसँग भने।
आफुहरुले स्टलमा ६ वटा चर्चित गाडी राखेको र बुकिङ समेत उत्साहजनक भएको भट्टले बताए। नाडा शोमा विशेषत २० देखि ६० लाखसम्मको गाडीमा ग्राहकहरुले धेरै रुची देखाएको भट्टको भनाइ छ।