महिन्द्रा गाडीको नेपालका लागि आधिकारीक विक्रेता अग्नी इनकर्पोरेटेड प्रालिले आफ्ना ग्राहकहरुको लागि दशै, तिहार र छठ लक्षित गर्दै ‘बिग, बिगर, बिगेस्ट’ योजना ल्याएको छ।
यो योजना अन्तर्गत महिन्द्राका प्रत्येक एसयुभी गाडी( केयुभि १००, टियुभि ३००, स्र्कापियो) अदिको खरिदमा १ तोला सुन सियोरसट उपहार र पिकअप गाडीको खरिदमा आधी तोला सुन सियोरसट पाउनेछन्।
त्यस्तै स्क्र्याच कार्ड मार्फत २४ जाना भग्यशालीले महिन्द्राको गस्टो स्कुटर जित्न सक्नेछन् भने गाडी किन्ने ६ जनाले लक्की ड्र मार्फत महिन्द्रा मोजो बाइक जित्न सक्नेछन्।
त्यसैगरी लक्की ड्र मार्फत २ जनाले २६ लाख ५० हजार पर्ने ‘इटुओ’ इलेक्ट्रीक कार पाउने र बम्परमा १ जनाले ५२ लाख ५० हजार मूल्य पर्ने ‘एक्सयुभि ५००’ जित्ने अग्नी इनकर्पोरेटेड प्रालिका मार्केटिङ म्यानेजर सिजन न्यौपानेले जानकारी दिए।
अग्नी इनकर्पोरेटेडले यो योजना भरी ग्राहकलाई करिव ५ करोड बराबरको उपहार बाड्ने न्यौपानेले जानकारी दिए। यो योजना सिमित अवधिको लागि मात्र मान्य हुने छ।