अटामोबाइल कम्पनी निसानले लामो दूरी तय गर्नसक्ने विद्युतीय कार ल्याएको छ। राम्रो बजार हिस्सा लिएको आफ्नो मोडल ‘लिफ इलेक्ट्रिक’ को नयाँ संस्करणका रुपमा लामो दूरीको कार कम्पनीले सार्वजनिक गरेको हो।
नयाँ ‘लिफ’ एकपटकको पूरा चार्जमा २४० किलोमिटरसम्म चल्ने कम्पनीले बताएको छ।
विश्वमै धेर बिक्री हुने विद्युतीय कारमध्येको एक निसान ‘लिफ’ ले पार गर्ने दूरी अझै पनि टेस्ला र जिएमका मोडलभन्दा निकै कम छ।
नयाँ ‘लिफ’ लाई पहिलेको तुलनामा निकै अपडेट गरिएको छ। यसको डिजाइनमा निकै परिवर्तन गरिनुका साथै ब्याट्रि क्षमता बढाइएको छ। यसमा ४० किलोवाटको ब्याट्रि छ जसले यसलाई शक्तिशाली बनाएको छ।
पार्किङ असिस्टेन्स, सिंगल पेडल ड्राइभिङ र सिंगल लेन हाइवे ड्राइभिङ विशेषतामा सुधार र विस्तार गरिएको छ।
जापानी बजारमा यसको मूल्य करिब ३० लाख रुपैयाँ पर्ने निसानले बताएको छ। आउँदो वर्ष योभन्दा बढी मूल्यमा यही मोडलको अझै शक्तिशाली संस्करण ल्याउने जापानी कम्पनीले बताएको छ।