छिमेकी मुलुक चीनले पेट्रोल–डिजेल कार तथा भ्यान प्रतिबन्ध गर्ने योजना बनाएको छ।
विश्वकै ठूलो कार बजार चीनले पेट्रोल–डिजेल कार तथा भ्यान उत्पादन र बिक्री वितरण बन्द गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।
यसका निम्ति आवश्यक अनुसन्धान सुरु भए पनि कहिलेदेखि प्रतिबन्ध लागू गर्ने भन्नेबारे निर्णय नभएको उद्योग तथा सञ्चार मन्त्रलायका उपप्रधानमन्त्री सिन ग्वबिनले बताएका छन्।
गतवर्ष चीनले २ करोड ८ लाख कार उत्पादन गरेको थियो जुन विश्वव्यापी उत्पादनको करिब एक तिहाई हो।
यसअघि नै बेलायत र फ्रान्सले सन् २०४०, जर्मनी, नेदरल्यान्ड्स र नर्वेले २०३० तथा नर्वे र नेदरल्यान्ड्सले २०२५ सम्ममा नै पेट्रोल–डिजेल कार नचलाउने घोषणा गरिसकेका छन्।